११ मंसिर २०८२, मंगलवार

शिक्षा विधेयकमा ठुलै ‘फण्डा’, आन्दोलन गर्ने शिक्षकमाथि प्रहरीको ‘डण्डा’


राहत शिक्षकको आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको छ ।

बुधबार विद्यालय शिक्षा विधेयकमा असहमति राख्दै काठमाडौँमा आन्दोलनरत राहत शिक्षकहरुको प्रदर्शनका क्रममा नयाँ बानेश्वरमा प्रहरीले हस्तक्षेप गरेको हो ।

प्रहरीले आन्दोलनकारीहरुले निषेधित क्षेत्रमा प्रवेश गर्न नदिन बार लगाएको तर उनीहरुले उक्त क्षेत्र तोड्न खोजेको आरोप लगाउँदै शिक्षकहरुलाई लछारपछार गरेको हो ।

प्रहरीले हस्तक्षेप गर्दा झन्डै ७ जना शिक्षकहरु घाइते भएको उनीहरुलाई ट्रामा सेन्टरमा उपचारको लागि लगिएको थियो ।

शिक्षक महासंघले सरकारसँगको वार्तापछि आन्दोलन फिर्ता लिए पनि राहत शिक्षकले भने माग पूरा नभएको भन्दै आन्दोलन जारी राखेका छन् ।

शिक्षकहरुले हरेक दिन माइतीघरदेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गर्दै आएका छन् ।

नेपाल प्रहरीले गृह मन्त्रालयको निर्देशनमा यस्तो गरेको हो । नेपालको संविधान २०७२ ले स्वतन्त्रताको हक जारी गर्दै शान्तिपूर्ण भेला हुन मौलिक हकसमेत प्रदान गरेको छ । तर बुधबार गृहमन्त्रालय अर्थात सरकारकै निर्देशनमा प्रहरीले आन्दोलन गरिरहेका शिक्षकहरुमाथी हस्तक्षेप तथा लछारपछार गरेको हो ।