आजदेखि दसैंका लागि सार्वजनिक सवारी साधनमा अग्रिम बुकिङ खुलेको छ ।
काठमाडौंसहित देशका विभिन्न ठाउँमा लामो दूरीका यात्रुका लागि अग्रिम टिकट बुकिङ खुला भएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जानकारी दिएको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला, यातायात व्यवस्था विभाग र यातायात व्यवसायीबीच गत शुक्रबार भएको छलफल अनुसार आजदेखि अग्रिम टिकट बुकिङ खुला गर्ने सहमति भएको थियो ।
बुकिङका लागि सबै व्यवस्थापन गरी खुला गरिएको जनाइएको छ । हरेक वर्ष दसैं, तिहार र छड पर्वका अवसरमा काठमाडौंबाट लाखौं यात्रु बाहिरिने गरेका छन् ।
हरेक वर्ष दशैं, तिहार र छठ जस्ता पर्वलाई लक्षित गरी लामो दूरीका यात्रुका लागि अग्रिम टिकट बुकिङ खुलाउने गरिन्छ ।
हरेक वर्ष दशैं, तिहार तथा छठ पर्वका लागि राजधानी काठमाडौंबाट १० लाख यात्रु बाहिरिने गरेका छन् ।