हिमालयन एभरेष्ट इन्स्योरेन्सको ३० औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
उक्त सभा काठमाण्डौ बानेश्वर थापागाउँस्थित बानेश्वर ब्याङक्वेटमा सम्पन्न भएको हो ।
बिहीबार भएको सभामा गत आर्थिक वर्षका लागि सेयरधनीहरुलाई ६.३७ प्रतिशत बोनस सेयर र ८.६३ प्रतिशत नगद लाभांश गरी कुल १५ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित भएको छ ।
उक्त सभा सञ्चालक समितिका अध्यक्ष महेन्द्र कृष्ण श्रेष्ठको सभापतित्वमा सञ्चालन भएको थियो ।