अर्थमन्त्री डा प्रकाशशरण महतले सरकारले ऋण लिएपछि त्यसको प्रतिफल हासिल गर्ने नीति लिइएको बताएका छन् ।
आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै अर्थमन्त्री महतले यस्तो बताएका हुन् ।
उनले यथार्थको धरातलमा उभिएर आवश्यकताको सिद्धान्तमा रही विधेयक तयार पारेको बताएका छन् ।
“वैदेशिक ऋणबारे यथार्थ मूल्याङ्कनका आधारमा यो प्रस्ताव राखेका छौँ र आन्तिरक ऋण ४ दशमलव ६ प्रतिशतमात्र लिने निर्णय गरेका छौँ ।”
महतका अनुसार अनावश्यक रुपमा साधारण खर्चलाई बढ्न नदिने बजेट उन्मुख रहेको छ ।