५ कार्तिक २०८२, सोमबार

करारका शिक्षकहरुले ढुक्कले दशैं मनाए हुने, अहिल्यै जागिर नजाने


सरकारले असोज ८ गते सार्वजनिक गरेको “अस्थायी तथा करारमा कर्मचारी नराख्ने” निर्णयले शिक्षामा भने असर नपर्ने भएको छ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले स्पष्ट पारे अनुसार उक्त निर्णय सरकारी सेवाका अन्य क्षेत्रमा मात्र लागू हुनेछ। विद्यालय र स्थानीय तहमार्फत कार्यरत अस्थायी तथा करार शिक्षकहरूको जागिर सुरक्षित रहने छ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रका निर्देशक भक्तबहादुर गोदारका अनुसार हालै आएको विज्ञप्तिमा भएको ‘स्वीकृत दरबन्दीबाहेक अस्थायी तथा करारमा कर्मचारी नराख्ने’ भनाइ शिक्षकसम्बन्धी नहुने गरी व्याख्या गरिएको हो।

यस स्पष्टीकरणसँगै हाल कार्यरत अस्थायी र करार शिक्षकहरूले अब आफ्नो रोजगारी गुम्ने डर गर्नु नपर्ने भएको छ।