काठमाडौँं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो सेसनको उपाधी लुम्बिनीले हात पारेको छ ।
फाइनलमा सुदूरपश्चिमले कमजोर ब्याटिङ गर्दै ८५ रनमा अलआउट भएको थियो ।
उक्त लक्ष्य लुम्बिनीले ८ ओभरमै पूरा गरेको थियो ।
आजको खेलमा लुम्बिनीका लागि कप्तान रोहितले ह्याट्रिक विकेट लिँदा शेर मल्ल र ट्रम्पलम्यानले पनि समान ३/३ विकेट लिए ।
खेलमा दिनेशले उत्कृष्ट ब्याटिङ गर्दै १३ बलमा १ चौका र ५ छक्का प्रहार गर्दै ४२ रन बनाएका थिए ।
कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको साविक उपविजेता सुदूरपश्चिम रोयल्सले १९.१ ओभरमा सबै विकेट गुमाएर ८५ रनमै अलआउट भएको हो ।
लुम्बिनीले दोस्रो खेलमा कर्णालीसँग ९ विकेट, तेस्रो खेलमा काठमान्डुसँग २२ रन र चौथो बेलमा सुदूरपश्चिमसँग ७ विकेटको पराजय भोगेको थियो।