२७ बैशाख २०८२, शुक्रबार २३:१०
इण्डियन प्रिमियर लिग (आईपीएल) २०२५ स्थगित गरिएको छ। भारत र पाकिस्तान बीचको सीमापार तनावलाई ध्यानमा राख्दै बीसीसीआईले यो निर्णय गरेको हो। औपचारिक घोषणा चाँडै हुने क्रिक इन्फोले जनाएको छ । आईपीएलले बिहीबार पञ्जाब किंग्स (पीबीकेएस) र दिल्ली क्यापिटल्स (डीसी) बीचको...
१४ बैशाख २०८२, शनिबार २०:२२
साबिक विजेता ललितपुर सिटी एफसीले नेपाल सुपर लिग (एनएसएल) को फाइनलमा पोखरा थन्डर्सलाई २–१ गोलले पराजित गर्दै उपाधि उचालेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार सम्पन्न खेलमा ललितपुर विजयी बनेको हो। ललितपुरका लागि इमो इजिकेलले पहिलो गोल गर्दै टोलीलाई सुरुआती अग्रता...
१५ फाल्गुन २०८१, बिहीबार ०९:०३
चार देश सम्मिलित अन्तर्राष्ट्रिय महिला फुटबल च्याम्पियनसिपको फाइनलमा नेपाल पराजित भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा उपाधिका लागि बुधबार साँझ सम्पन्न प्रतिस्पर्धामा नेपाल म्यानमासँग २–० गोलअन्तरले पराजित हुन पुगेको हो । यसस“गै नेपाल १३औं पटक फाइनलमै पराजित भएको छ ।...
१४ फाल्गुन २०८१, बुधबार १६:२५
नेपाल र म्यान्मारको राष्ट्रिय महिला टोलीबीच बुधवार साँझ हुने चारदेशीय अन्तर्राष्ट्रिय फुटबलको फाइनल दर्शकका लागि व्यग्र प्रतीक्षाको विषय बनेको छ। हुन त यो एउटा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल मात्रै हो, जसको उद्देश्य आफ्नो राष्ट्रिय टोलीको जाँच गर्ने र कमीकमजोरीलाई सुधार्ने हो।...
८ फाल्गुन २०८१, बिहीबार २०:१६
अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपअन्तर्गत सावित्रा भण्डारी साम्बाले गरेको निर्णायक गोलमा लेबनानलाई पराजित गर्दै नेपाल फाइनलमा पुगेको छ। दशरथ रंगशालामा बिहीबार साँझ भएको खेलमा लेबनानमाथि १-० गोलको जितसँगै नेपाल फाइनलमा पुगेको हो। अघिल्लो खेलमा किर्गिस्तानलाई समान १-० गोल अन्तरले पराजित गरेको नेपालले...
६ पुष २०८१, शनिबार २०:०३
रोमाञ्चक खेलमा सुदूरपश्चिम रोयल्सलाई पाँच विकेटले हराउँदै जनकपुर बोल्ट्सले नेपाल प्रिमिअर लीग (एनपीएल) को उपाधि जितेको छ। कीर्तिपुर क्रिकेट मैदानमा उपस्थित १२ हजार बढी समर्थकका माझ सम्पन्न फाइनल खेलमा चार बल बाँकी छँदै १८५ रनको लक्ष्य पूरा गरेर जनकपुरले पहिलो...
१८ मंसिर २०८१, मंगलवार १३:४५
नेपाल प्रिमियर लिग (एनपीएल) मा अहिलेसम्म चार म्याच भएका छन् । यीमध्ये आज (मंगलबार) को पहिलो खेलमा सबैभन्दा ठूलो स्कोर बनेको छ । अहिले सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्सबीच प्रतिस्पर्धा भइरहेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले २०...
१३ मंसिर २०८१, बिहीबार १०:५१
इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ मा बंगलादेशका कुनै पनि क्रिकेटर रहने छैनन् । सन् २०२० पछि बंगलादेशका कुनै पनि क्रिकेटर आईपीएलमा सहभागी नहुने यो पहिलो पटक हो । बंगलादेश र भारतबीचको सम्बन्धमा अविश्वासको माहौल हुँदा कुनै पनि बंगलादेशी खेलाडीले आईपीएलका...
१२ मंसिर २०८१, बुधबार १२:४८
कोशी प्रदेश सरकारले विराटनगर किङ्सले एनपीएलको उपाधि जितेमा ३० लाख रुपैयाँ दिने घोषणा गरेको छ । विराटनगर किङ्सका खलाडीलाई मङ्गलबार राति बिदाई गर्दै कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विजेता बनेमा ३० लाख पुरस्कार दिने घोषणा गरेका हुन् । क्यानले आयोजना...