
H
अन्तत टोटेनह्यामले १७ वर्ष लामो उपाधि खडेरी अन्त गर्दै युरोपा लिगको उपाधि जितेको छ। ब्रेनन जोनसनले पहिलो हाफमै गरेको एकमात्र गोल म्यानचेस्टर युनाइटेडलाई हराउन पर्याप्त बन्यो।
जितसँगै आलोचनाको सामना गर्दै आएका मुख्य प्रशिक्षक एन्ज पोस्टेकोग्लुले आफ्नो दोस्रो सिजनमा टोटनह्याममा उपाधि ल्याउने वाचा पूरा गरेका छन्। खेलअघि उनले आफ्नो बाचा सम्झँदै आफू जोकर नबन्ने बताएका थिए।
लामो समयको उपाधिविहीनतालाई तोड्ने प्रतीक्षामा बिलबाओस्थित सान मामेस रंगशालामा १५ हजार टोटनह्याम समर्थकहरू पुगेका थिए। उनीहरुले लामो प्रतीक्षताको अन्त भएको भन्दै खुसी साटासाट गरे।
यद्यपि प्रशिक्षक पोस्टेकोग्लुलाई यो जितले पनि उनको वर्खास्ती रोक्ने सम्भावना कमजोर रहेको जनाइएको छ। तर उनले नर्थ लन्डन क्लबका लागि युरोपेली उपाधि जिताएका बिल निकोल्सन र कीथ बर्किनश जस्ता हस्तीको सूचीमा आफूलाई उभ्याएका छन्।
न्यूक्यासल र क्रिस्टल प्यालेसले यस सिजन ट्रफी जितेर गौरव हासिल गरेजस्तै, टोटनह्यामले पनि दुर्लभ उपाधि जितेर इतिहास रच्न सफल भएको छ। च्याम्पियन्स लिगको लागि छनोट भएसँगै क्लबले १० करोड आर्थिक लाभसमेत प्राप्त गरेको छ।
युनाइटेड भने खराब प्रदर्शनलाई निरन्तरता दिन बाध्य भयो। मुख्य प्रशिक्षक रुबेन आमोरिमले आइतबारको अन्तिम प्रिमियर लिग खेलमा एस्टन भिल्लाविरुद्ध प्रतिस्पर्धा गर्नु अघि उपाधि जित्ने सुन्दर मौका गुमाउन पुगे।
युनाइटेड क्लब इतिहासमा १९७३-७४ मा रेलिगेट भएयताकै खराब सिजनबाट गुज्रिरहेको छ।