राष्ट्रिय योजना आयोगले १६औँ योजनाका लागि प्रदेश योजना आयोग र स्थानीय सरकारका प्रतिनिधिमूलक संस्थासँग छलफल गरेको छ ।
बुधबार सिंहदरबारस्थित आयोगको हलमा आज भएको छलफलमा १६औँ योजनाका लागि छलफल भएको हो ।
आजको छलफलमा कोशी प्रदेशका योजना आयोगका भने उपाध्यक्ष रहेका थिएनन् । बाँकी छ प्रदेशका योजना आयोगका उपाध्यक्षहरुले बसेर आवश्यक छलफल गरेका हुन् ।
छलफलमा कृषि तथा रोजगारीको विषयमा कुरा उठेको थियो ।
१५ औं योजनामा केही सूचकहरु पुरा भएका छैनन् ।