७ पुष २०८१, आईतवार

माओवादीको नेतृत्वले देशलाई आर्थिक मन्दीमा लग्यो- शंकर पोखरेल


नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वले देशलाई आर्थिक मन्दीमा लगेको बताएका छन् ।

काठमाडौंमा आयोजित नेपाल खेलकुद महासङ्घ काठमाडौं महानगर कमिटीको दोस्रो अधिवेशनमा बोल्दै उनले प्रधानमन्त्री प्रचण्डका कारण देशमा आर्थिक मन्दी आउन लागेको बताए।

‘पुष्पकमल दाहाल प्रचण्डको अस्थिर नीतिले नेकपा एमाले सरकारबाट बाहिरिने अवस्थामा आयो ।’, उनले भने, ‘एमाले रहुन्जेलसम्म मुलुकमा आर्थिक क्षेत्रमा सुधारका सङ्केतहरू देखिएका थिए । जब काँग्रेस र माओवादीको सरकार बन्यो तब मौद्रिक तरलतामा सङ्कट उत्पादन भयो । अहिलेको सरकार लामो समयसम्म रहने हो भने मुलुक आर्थिक मन्दीमा जान्छ ।’