काठमाडौं । आर्थिक संकटका बीच पनि वाणिज्य बैंकहरुकाे नाफा उछाल आएकाे छ । गत आर्थिक वर्ष २०७९/०८० वाणिज्य बैंकहरुले ७० अर्बभन्दा बढी नाफा कमाएका छन् । अघिल्लो आर्थिक वर्ष २०७८/०७९ मा ५६ अर्ब हाराहारी नाफा कमाउन सफल भएका बैंकहरुले यसपटक २४.९२ प्रतिशत बढी ७० अर्बभन्दा बढी नाफा आर्जन गरेका हुन् ।
सबैभन्दा नाफा बृद्धि गर्नेमा नबिल बैंक अग्रस्थानमा रहेको छ । बैंकले अघिल्लो आर्थिक वर्षमा भन्दा ७६.८६ प्रतिशत नाफामा बृद्धि गराएको छ । आर्थिक वर्ष २०७८/०७९ मा चार अर्ब २५ करोड नाफा कमाएको नबिलले आर्थिक वर्ष २०७९/०८० मा सात अर्ब ५२ करोड बढी नाफा कमाएको छ ।
यसैगरी नाफा बृद्धि गर्ने बैंकमा स्ट्याण्डर्ड चार्टर बैंक दोस्रोमा छ । अघिल्लो आर्थिक वर्षभन्दा स्ट्याण्डर्ड बैंकले ५६.२७ प्रतिशत नाफा बृद्धि गराएको छ ।
यसैगरी, समग्रमा मर्जरपश्चात पनि लक्ष्मी सनराइज बैंकको नाफामा उछाल देखिएको छ । दुवै बैंकले आर्थिक वर्ष २०७८/०७९ मा एक अर्ब ५१ करोड बढी नाफा कमाउँदा आर्थिक वर्ष २०७९/२०८० सम्म आउँदा बैंकको समग्र नाफामा ४९.४५ प्रतिशतले बृद्धि भई दुई अर्ब २६ करोड पुगेको छ ।
सेन्चुरीसँग मर्जर गरेको प्रभु बैंक लिमिटेडको पनि नाफामा उछाल देखिएको छ । प्रमुख बैंकले अघिल्लो आर्थिक वर्षभन्दा ४८.५४ प्रतिशत बढी नाफा कमाउँदै दुई अर्ब ८२ करोड बढी नाफा कमाएको छ ।
यस्तै, ग्लोबल आइएमई बैंकको ४६.२६ प्रतिशत बढेर ७ अर्ब २५ करोड रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकको १४.५४ प्रतिशत बढेर ४ अर्ब ९१ करोड रुपैयाँ, एनआइसी एशिया बैंकको १०.३५ प्रतिशत बढेर ४ अर्ब ६५ करोड रुपैयाँ र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको १३.१४ प्रतिशत बढेर ४ अर्ब २९ करोड रुपैयाँ नाफा गरेका छन् ।
अधिकांश बैंकहरुको नाफामा बृद्धि भइरहँदा प्राइम कमर्शियल बैंक र कुमारी बैंकको नाफा भने घटेको छ । अघिल्लो आबभन्दा गत आबमा प्राइमको नाफा १.०५ प्रतिशतले घटेको छ । बैंकले गत आर्थिक वर्ष २०७९/०८० मा दुई अर्ब २६ करोड नाफा कमाएको छ । यसैगरी कुमारी बैंकको नाफा २४.१३ प्रतिशतले गिरावट आएको छ । गत आर्थिक वर्ष २०७९/०८० बैंकले एक अर्ब ९५ करोड हाराहारी नाफा कमाएको छ ।
कुनको बैंककाे नाफा कति ?