१३ पुष २०८१, शनिबार

३ वटा कम्पनीहरु थपिएसँगै ब्रोकर लाइसेन्स पाउने कम्पनीको संख्या ३२ पुग्यो [सूचीसहित]


नेपाल धितोपत्र बोर्ड (सेबोन)ले थप ३ वटा नयाँ कम्पनीलाई ब्रोकर लाइसेन्स प्रदान गरेको छ ।

साउन २४ गतेको निर्णयबमोजिम थप ३ वटा नयाँ कम्पनीलाई ब्रोकर लाइसेन्स प्रदान गरिएको हो।

कुन-कुन हुन् लाइसेन्स पाउने कम्पनीहरु?

सेबोनका अनुसार ब्रोकर लाइसेन्स पाउने कम्पनीहरुमा जेबीएनएल सेक्युरिटिज, आरबीबी सेक्युरिटिज र सीबीआईएल सेक्युरिटिज छन्।

यीसँगै सेबोनबाट नयाँ ब्रोकर लाइसेन्स पाउने कम्पनीको संख्या ३२ पुगेको छ।