काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसका सांसद डा. सुनिल शर्माले गृहमन्त्री नारायणकाजी श्रेष्ठ पदबाट राजीनामा दिनुपर्ने बताएका छन् ।
शक्रबार अदालतको आदेशपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोबाट रिहाई हुँदै गर्दा उनले गृहमन्त्री श्रेष्ठले पदबाट हट्नु पर्ने बताएका हुन् ।
त्यस्तै उनले गृहमन्त्री र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पावरको दम्भ गरेर आफूलाई पक्राउ गराउन लागिएको समेत आरोप लगाएका छन् ।
उनले गृहमन्त्रीले राजीनामा नदिएमा वा प्रचण्डले आँफै नहटाएमा यो सरकार ढल्ने चेतावनीसमेत दिएका छन् ।
उनले आफुले नियमसम्मत नै प्रमाणपत्र लिएको, कुनै पनि प्रमाणपत्र नक्कली नभएको र यो कुरा जुनसुकै अदालतमा गएर आफुले प्रमाणित गर्न सक्ने बताएका थिए ।
काठमाडौँ जिल्ला अदालतले शर्मालाई थुना बाहिरै राखेर अनुसन्धान गर्न आदेश दिएपछि उनी रिहाई भएका हुन् ।
उनी मोरङ क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद हुन् ।