नेपालको निजि दूरसंचार कम्पनी एनसेल आजियाटा लिमिटेडले इङ्लिस प्रिमियर लिग (ईपीएल) फुटबलमा आधारित रहेर एनसेल एपमा ‘एनसेल ईपीएललिग’ प्रतियोगिता घोषणा गरेको छ ।
एनसेल एप प्रयोगकर्ताहरुले ईपीएलका खेलहरूको आधारमा साप्ताहिक रूपमा फुटबलको नतिजाको पूर्वानुमान गर्न सक्ने कम्पनीले जनाएको छ ।
प्रतियोगितामा तीन जनाले ग्रान्ड प्राइज अर्थात मुख्य पुरस्कार जित्ने मौका पाउँछन् ।
ग्राहकहरुलाई साप्ताहिक रुपमा बोनस प्रश्न पनि सोधिने छ जबबाट १० अंक संकलन गर्न सकिन्छ र सही उत्तरमा केही पुरस्कार पनि प्राप्त गर्न सकिन्छ ।
मुख्य पुरस्कारका रुपमा पहिलो पुरस्कार विजेताले वायर फ्री सेवाको निःशुल्क डिभाइसका साथ १२ महिनासम्म प्रत्येक महिना २५० जीबी डेटा सेवा पाउनेछ । दोस्रो पुरस्कार विजयी ग्राहकले ६ महिनासम्म निःशुल्क वायर फ्री डिभाइसका साथ प्रत्येक महिना २५० जीबी डेटा सेवाको फाइदा लिन सक्नेछ । त्यसै गरि तेस्रो विजेताले वायर फ्री सेवाको निःशुल्क डिभाइस र प्रतिमहिना २५० जीबी डेटा तीन महिनासम्म पाउने बताइएको छ ।