१२ पुष २०८१, शुक्रबार

मर्जर रोजेका जीवन बीमा कम्पनीहरूको वित्तीय सूचक, कुन कति अब्बल ?


नेपालको जीवन बीमा कम्पनीहरुको कुल सङख्या अहिले १४ छ।

बीमा प्राधिकरणको पुँजिवृद्धिको निर्णय बमोजिम एकिकृत कारोबार सुचारु गरेका यी जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्षको चौथौ त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेका छन् ।

मर्जरपछि एकिकृत कारोबार शुभारम्भ गरेका बीमा कम्पनीहरुको वृद्दि उत्साहजनक देखिएको छैन ।

साविकको गुराँस लाइफ, प्राइम लाइफ र युनियन लाइफ मिलेर बनेको हिमालयन लाइफको र सूर्या ज्योति लाइफ बाहेक दुई मर्जरमा गएका कम्पनीहरुको खुद बीमाशुल्क आर्जन र मुनाफा घटेको छ।

चुक्ता पुँजिको आधारमा

बीमा प्राधिकरणले असार मसान्तभित्र बीमा कम्पनीहरुलाई चुक्ता पुँजी ५ अर्ब रुपैयाँ पुर्‍याउन निर्देशन दिएको छ।

मर्जरमा गईसकेका कम्पनीहरुमध्ये हिमालयन लाइफले मात्रै बीमा प्राधिकरणले तोकेको समयमा पुँजि पुराएका छन् ।

दोस्रोमा सूर्या ज्योती लाइफ इन्स्योरेन्स कम्पनीको हालको चुक्ता पुँजि ४ अर्ब ५४ करोड रुपैयाँ रहेको छ।

सानिमा रिलायन्स र प्रभु लाइफले भने बोनस शेयर दिएर पुँजि पुराउने तयारीमा रहेका छन्।

त्यस्तै , प्रभु लाइफ इन्स्योरेन्स कम्पनी पुँजिको आधारमा दोस्रो रहेको छ। कम्पनीको चुक्ता पुँजि ४ अर्ब २९ करोड रुपैयाँ रहेको छ।

सानिमा रिलायन्स लाइफको पुँजि ४ अर्ब १८ करोड रुपैयाँ रहेको छ।

जीवन बीमा कोषको आधारमा

हिमालयन लाइफ इन्स्योरेन्स मर्जरमा गएका चार कम्पनीमध्ये बलियो बनेको छ । साविकको प्राइम, गुराँस र युनियन लाइफको कोष जम्मा गरेको कारण कम्पनीको जीवन बीमा कोष थप मजबुत बनेको छ।
असार मसान्तसम्ममा कम्पनीको बीमा कोष ५२ अर्ब रुपैयाँ रहेको छ।

दोस्रोमा सूर्या ज्योती लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ। कम्पनीको जीवन बीमा कोषमा २६ अर्ब ९९ करोड रुपैयाँ रकम संचित रहेको छ।
सानिमा रिलायन्सको जीवन बीमा कोष ८ अर्ब ६४ करोड रुपैयाँ रहेको छ।

त्यस्तै, प्रभु लाइफको बीमा कोषमा ७ अर्ब २४ करोड रुपैयाँ रकम संचित रहेको छ।

खुद बीमाशुल्कको आधारमा

खुद बीमाशुल्कको आधारमा हेर्ने हो भने हिमालयन लाइफ नै अग्रस्थानमा रहेको छ।
दोस्रोमा सूर्या ज्योती लाइफ रहेकोछ ।

तेस्रोमा सानिमा रिलायन्स र चौथौमा प्रभु इन्स्योरेन्स कम्पनी रहेको छ।

खुद मुनाफाको आधारमा

खुद मुनाफाको आधारमा चार कम्पनीबीच तुलनात्मक अध्ययन गर्ने हो भने हिमालयन लाइफ नै अग्रस्थानमा रहेको छ।

कम्पनीले चौथौ त्रैमासको अवधिसम्ममा ५८ करोड ८९ लाख रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ ।

त्यस्तै, सूर्या ज्योती लाइफ खुद मुनाफामा दोस्रो स्थानमा रहेको छ। कम्पनीको खुद मुनाफा चौथौ त्रैमासको अवधिसम्ममा ४६ करोड ३ लाख रुपैयाँ रहेको छ।

तेस्रोमा सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ।

चौथौमा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ। कम्पनीले चौथौ त्रैमासको अवधिसम्ममा १० करोड माथि मुनाफा आर्जन गर्न सफल भएको छ।

प्रतिशेयर आम्दानीको आधारमा

प्रतिशेयर आम्दानीको आधारमा हेर्ने हो भने सूर्या ज्योती लाइफ अग्रस्थामा रहेको छ। कम्पनीको प्रतिशेयर आम्दानी १० रुपैयाा १३ पैसा रहेको छ।

दोस्रोमा हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीको रहेको छ। कम्पनीको हालको प्रतिशेयर आम्दानी ७ रुपैयाँ २५ पैसा रहेको छ।

त्यस्तै, सानिमा रिलायन्स लाइफको प्रतिशेयर आम्दानी ५ रुपैयाँ २४ पैसा रहेको छ भने प्रभु महालक्ष्मी लाइफको प्रतिशेयर आम्दानी २ रुपैयाँ ४५ पैसा रहेको छ।