१२ पुष २०८१, शुक्रबार

५० लघुवित्तको वित्तीय विवरण, ४५ वटा नाफामा जाँदा ५ वटा भने नोक्सानीमा (सूचीसहित)


सञ्चालनमा रहेका ६३ वटा लघुवित्त वित्तीय संस्थामध्ये अहिलेसम्म ५० वटा लघुवित्तले आर्थिक वर्ष २०७९/८०को वित्तीय विवरण सार्वजनिक गरेका छन् ।

राष्ट्र बैंकको निर्देशनअनुसार लघुवित्त वित्तीय संस्थाहरूले त्रैमास सकिएको पहिलो महिनाको मसान्तभित्र वित्तीय विवरण सार्वजनिक गरिसक्नुपर्छ ।

तर, आर्थिक वर्ष सकिएको एक महिना भइसक्दा पनि एक दर्जन लघुवित्तहरुले आर्थिक वर्ष २०७९/८०को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेका छैनन् ।

वित्तीय विवरण सार्वजनिक गरेका संस्थाहरूमध्ये ४५ वटाले नाफा कमाए पनि पाँचवटा नोक्सानीमा देखिएका छन् ।

पछिल्लो समय लघुवित्त संस्थाहरूमा देखिएको समस्या, लघुवित्तपीडितको नाममा भएको आन्दोलन आदि कारणले गर्दा पनि लघुवित्तहरूको निक्षेप तथा कर्जा प्रवाह दुवैमा ह्रास आएको छ भने कर्जाको साँवाब्याज असुलीमा समस्या देखिएको छ ।

यसले गर्दा पनि केही लघुवित्त संस्थाहरू खुद नोक्सानीमा गएका हुन् । जाल्पा लघुवित्तले एक करोड १२ लाख ४२ हजार सात सय ६० रूपैयाँ खुद नोक्सानी व्यहोरेको छ भने आरम्भ चौतारी लघुवित्तले दुई करोड ५९ लाख ९२ हजार दुई सय १० रूपैयाँ खुद नोक्सानी व्यहोरेको छ ।

धौलागिरी लघुवित्तले एक करोड नौ लाख ९० हजार रुपैयाँ खुद नोक्सानी व्यहोरेको छ ।

यसैगरी एनएमबी लघुवित्त पनि आर्थिक वर्ष २०७९/८० मा दुई करोड २४ लाख १७ हजार रुपैयाँ खुद नोक्सानीमा छ ।

आर्थिक वर्ष २०७९/८०मा फस्र्ट माइक्रोफाइनान्स लघुवित्तले १९ करोड ६९ लाख ३० हजार छ सय ६० रूपैयाँ खुद मुनाफा कमाएको छ ।

गणपति, हिमालयन, कालिका र आरएसडीसी लघुवित्तले पक्रिमशः ७० लाख २८ हजार, एक करोड ५३ लाख, चार करोड ६२ लाख ४३ हजार र एक करोड १६ लाख ४५ हजार रूपैयाँ खुद मुनाफा कमाएका छन् । सपोर्ट, गुराँस, स्वालम्बन र किसान लघुवित्तले पनि आर्थिक वर्ष २०७९/८०मा क्रमशः दुई करोड २७ लाख २६ हजार, २८ लाख ५३ हजार, ३३ करोड ९४ लाख ७५ हजार र एक करोड ३६ लाख ३२ हजार रूपैयाँ खुद मुनाफा कमाएका छन् ।

एनआईसी एसिया, ग्लोबल, महुली र मिथिला लघुवित्त वित्तीय संस्थाले पनि क्रमशः ३० करोड तीन हजार, १२ करोड ८७ लाख ७८ हजार, पाँच करोड ५७ लाख ५९ हजार र दुई करोड ९५ लाख ५९ हजार रूपैयाँ खुद मुनाफा कमाएका छन् ।

समता घरेलु, छिमेक र उन्नति सहकार्य लघुवित्तले भने क्रमशः पाँच करोड ७४ लाख सात हजार, एक अर्ब छ करोड १९ लाख २६ हजार र ७६ लाख ४९ हजार रूपैयाँ खुद मुनाफा कमाएका छन् ।

यसैगरी स्वाभिमान, नेष्डो र साना किसान लघुवित्त वित्तीय संस्थाले पनि क्रमशः दुई करोड १६ लाख नौ हजार, एक करोड ७७ लाख ४८ हजार र ८१ करोड ४१ लाख ४५ हजार रूपैयाँ खुद मुनाफा कमाएका छन् ।

यसैगरी नेसनल, निर्धन, आशा र इ(िन्फनिटी लघुवित्तले पनि आर्थिक वर्ष २०७९/८० मा क्रमशः २१ करोड ५१ लाख ५३ हजार, १० लाख ३१ हजार, तीन करोड ७८ लाख ४९ हजार र एक करोड ६७ लाख २५ हजार रुपैयाँ खुद मुनाफा कमाएका छन् ।

डिप्रोक्स, साधना, सूर्योदय वोमी, युनिक नेपाल र उपकार लघुवित्तले पनि पछिल्लो अवधिमा क्रमशः ३७ करोड १९ लाख ३० हजार, दुई करोड ७९ लाख ४२ हजार, सात करोड ९७ लाख ३७ हजार, एक करोड ८२ लाख ७८ हजार र दुई करोड ३५ लाख ४० हजार रुपैयाँ खुद मुनाफा कमाएका छन् ।

यसैगरी बीपीडब्लू, नेरुडे, मानुषी र मिर्मिरे लघुवित्तले पनि क्रमशः १२ लाख ६६ हजार, पाँच करोड ७८ लाख ९९ हजार, ५१ लाख १६ हजार र पाँच करोड ४५ लाख ६६ हजार रुपैयाँ खुद मुनाफा कमाएका छन् ।

आर्थिक वर्ष २०७९/८० मा जीवन बीमा, सबैको, जनउत्थान र विजय लघुवित्तले क्रमशः ४० करोड ५२ लाख ४९ हजार, दुई करोड २२ लाख ४१ हजार, एक करोड ६६ लाख ६३ हजार र पाँच करोड ८० लाख ४१ हजार रुपैयाँ खुद मुनाफा कमाएका छन् ।

यसैगरी वीन नेपाल, स्वरोजगार र फरवार्ड माइक्रोफाइनान्स लघुवित्तले आर्थिक वर्ष २०७९/८० मा क्रमशः ७९ हजार नौ सय ७०, नौ करोड ३२ लाख ९३ हजार र २२ करोड १४ लाख ६९ हजार रुपैयाँ खुद मुनाफा कमाएका छन् ।

नाडेप, महिला, मेरो र ग्रामीण विकास लघुवित्तले पनि क्रमशः एक करोड ६४ लाख ६३ हजार, सात करोड ५५ लाख १८ हजार, सात करोड १९ लाख ३१ हजार र छ करोड ८९ लाख २७ हजार रुपैयाँ खुद मुनाफा कमाएका छन् ।

यसैगरी अभियान लघुवित्तले पनि तीन लाख २८ हजार ६६ रुपैयाँ खुद मुनाफा कमाएको छ ।