विराटनगर महानगरपालिकाले १५ वटा सहकारीको दर्ता खारेजी गरेको छ। लामो समयदेखि लेखा परीक्षण नगरेको, साधारणसभा गर्ने तथा विवरण नबुझाएका १५ सहकारीको दर्ता खारेजी गरिएको महानगरले जनाएको छ ।
खारेजीमा पर्नेमा सक्रिय बचत तथा ऋण सहकारी संस्था, पुष्पाञ्जलि बहुद्देश्यीय सहकारी, विराट कोशेलीघर सहकारी संस्था, एक्सेचेन्ज बचत तथा ऋण सहकारी, सुमेरु बचत तथा ऋण सहकारी, सहयोगी सहकारी संस्था, भिजन फर्मा सहकारी, खाटुश्याम बचत तथा ऋण सहकारी, सत्यम ओम साई बचत तथा ऋण सहकारी संस्था, सबल बचत तथा ऋण सहकारी संस्था, युरो बहुद्देश्यीय सहकारी संस्था रहेका छन् ।
त्यस्तै गजलक्ष्मी बचत तथा ऋण सहकारी, गरिमा बचत तथा ऋण सहकारी, बहुमूल्य कृषि सहकारी र ऋद्धिसिद्धि बचत तथा सहकारी संस्थाको दर्ता खारेज गरेको महानगरले जारी गरेको सूचनामा उल्लेख छ।
उक्त सहकारीलाई लेखापरीक्षणसहित आवश्यक कागजातसहित महानगरमा सम्पर्कमा आउन गत फागुन २२ गते सार्वजनिक सूचना प्रकाशित गरिएको थियो । पटक-पटक सूचना प्रकाशित गर्दा पनि सम्पर्कमा नआएपछि महानगरले खारेजी गरेको महानगरले जनाएको छ।