९ पुष २०८१, मंगलवार

एनआईसी एशिया बैंकको ३०.५२ प्रतिशत लाभांश आज पारित हुँदै


एनआईसी एशिया बैंकको २६ औं वार्षिक साधारण सभा आज असोज २८ गते हुँदै छ । बैंकको साधारण सभा बिहान ९ बजे काठमाडौंको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा बस्दै छ ।

बैंकको सभाले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट हाल कायम चुक्ता पूँजीको २९ प्रतिशत बोनस सेयर र १.५२६३ प्रतिशत नगद गरी कूल ३०.५२६३ प्रतिशत लाभांश वितरण प्रस्ताव पारिच गर्नेछ ।

बैंकको सभाले आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षको प्रतिवेदन पारित गर्नेछ । यस्तै, आर्थिक वर्ष २०८०/८१ को लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमीक निर्धारण गर्नेछ ।

यस्तै, सहायक कम्पनी एनआईसी लघुवित्त र क्यापिटलको गत वर्षको वित्तीय विवरण पनि पारित गर्ने । साथै, पूँजी वृद्धि गरी १४ अर्ब ९१ करोड ७५ लाख ६६ हजार रुपैयाँ पुर्याउने छ ।

यस्तै, बैंकको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने र कुनै फेरबदल गर्नु पर्ने भए सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्नेछ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ एनआईसी एशियाले असोज १६ गतेदेखि असोज २८ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले असोज १५ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले साधारण सभामा सहभागि भई लाभांश प्राप्त गर्न सक्ने छन् ।