घरजग्गा कारोबार पुस महिनामा वृद्धि भएको छ । पुस महिनामा मात्र १ लाख ३६ हजार ७ सय ७३ वटा घरजग्गासम्बन्धी विविध कार्य हुँदा सरकारलाई एकै महिनामा ३ अर्ब २० करोड ५२ लाख १३ हजार रुपैयाँ राजस्व संकलन भएको छ ।
पुस महिनामा कुल ४५ हजार २ सय ७७ वटा लिखत पारित भएका छन् । यो गत मंसिर महिनाको भन्दा ८ प्रतिशतबढीले जग्गा खरिद–बिक्री हुनु हो ।
मंसिरमा घरजग्गा कारोबारबाट २ अर्ब ८६ करोड राजस्व संकलन भएको थियो । मंसिरको तुलनामा पुसमा राजस्व संकलन पनि ३५ करोड रुपैयाँले बढेको छ । चालू आर्थिक वर्षमा घरजग्गा किनबेचबाट साउनमा २ अर्ब ९१ करोड, भदौमा ३ अर्ब, असोजमा ४ अर्ब र कात्तिकमा २ अर्ब १६ करोड रुपैयाँ राजस्व संकलन भएको तथ्यांक विभागको रहेको छ ।
विभागका अनुसार पुस महिनामा मुलुकभरका मालपोत कार्यालयबाट ४५ हजार २ सय ७७ वटा लिखत पारित भएका छन् । गत मंसिरमा साढे ४२ हजार लिखत पारित भएका थिए ।