व्यवसायी शङ्कर कँडेल मृत्यु प्रकरणमा किटानी जाहेरी परेकामध्ये एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले अनमोल फिड्सका ३७ वर्षीय चार्टर एकाउन्टेट जीवन रावललाई पक्राउ गरेको हो । उनलाई राती नै चितवन ल्याइएको छ । उनीमाथि आजैदेखि अनुसन्धानको प्रक्रिया अघि बढाइने भएको छ ।
कँडेलले आत्महत्या अघि लेखेको ‘सुसाइट नोट’मा रावल र सोही कम्पनीको ८५ प्रतिशत शेयर किनेका प्रदीप रुङ्गटाका कारण आफूले आत्महत्या गर्नुपरेको उल्लेख गरिएको छ ।