७ पुष २०८१, आईतवार

सरकारबारे निर्णय गर्न रास्वपाको एकैपटक २ वटा बैठक बस्दै


प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा जाने या नजाने  भन्ने विषयमा छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दैछ ।

सरकारबारे निर्णय गर्न साँझ ५ बजे बैठक बस्ने रास्वपाका एक नेताले जानकारी दिए ।

नागरिकता विवादमा पार्टी सभापति रवि लामिछानेको सांसद पद गुमेपछि रास्वपाका मन्त्रीहरु सरकारबाट बाहिरिएका थिए ।

तर उनले नागरिकता पाएर पनि उपनिर्वाचनमा भारी मतले विजयी भएका थिए ।

रास्वपाले सरकारलाई दिएको समर्थन कायमै राखेको छ ।