१० पुष २०८१, बुधबार

गृहमन्त्रालयमा रविको सानदार ‘कमब्याक’


नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरु समेटेर मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

गृह मन्त्रालयमा रास्वपाका सभापति रवि लामिछानेको शानदार कमब्याक भएको छ ।

यसअगाडी पनि गृहमन्त्री बनेका लामिछानेको नागरिकता कारण देखाउंदै पदबाट मुक्त हुनुपरेको थियो ।

४ मंसिरमा भएको चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति समेत रहेका लामिछाने चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए ।

उम्मेदवारीमा दाबी विरोध गर्ने समय गुज्रिसकेको, तर मतदान हुन बाँकी रहेको अवधिमा लामिछानेसँग नेपाली नागरिकता नै नरहेको भन्दै उजुरी परेको थियो ।

आमनिर्वाचनको मुखमा निर्वाचन आयोगमा परेको लामिछानेविरुद्धको उजुरीमा सुरुमा आयोगले केही कागजपत्र झिकाएको थियो। त्यसबेला प्रहरीले पनि अनुसन्धान थालेको जनाएको थियो।

तर निर्वाचन परिणाम प्रकाशित भइसकेपछि आयोगले उम्मेदवारको अयोग्यतासम्बन्धी उजुरीको निर्णय आफ्नो क्षेत्राधिकारभित्र नपर्ने जनाएको थियो।

उक्त विषयलाई पुन: अदालतमा उठाउँदै उनको सांसदको शपथ पनि रोकिनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरिएको थियो।

एक वर्षअघि माघ १३ मा नागरिकता विवादसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले गरेको फैसलासँगै लामिछाने नागरिकताबिहीन मात्रै भएका थिएनन् सांसद र गृहमन्त्रीको पद पनि गुमाउन बाध्य भएका थिए । लामिछाने पदमुक्त भएपछि रास्वपाका अन्य मन्त्रीले पनि माघ २२ मा सामूहिक राजीनामा दिँदै सरकारबाट बाहिरिएका थिए ।