चैत महिनाका लागि अधिकांश बैंकले निक्षेपको ब्याजदर थप घटाउने भएका छन् ।
नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको अर्धवार्षिक मौद्रिक नीति समीक्षामार्फत लिएको नीतिका कारण बैंकको ब्याजदर थप घट्ने भएको हो ।
नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको अर्थवार्षिक मौद्रिक नीति समीक्षामार्फत संस्थागत निक्षेपकर्ताको निक्षेपको ब्याजदरभन्दा व्यक्तिगत निक्षेपकर्ताको निक्षेपको ब्याजदर एक प्रतिशतले मात्र कम हुनुपर्ने व्यवस्था चैत एक गतेबाट लागू हुनेछ ।
हाल संस्थागत निक्षेपकर्ता र व्यक्तिगत मुद्दती निक्षेपकर्ताबीच ब्याजदर अन्तर २ प्रतिशत छ । हाल बैंक तथा वित्तीय संथामा पर्याप्त मात्रामा तरलता रहेकाले छ ।
राष्ट्र बैंकको तथ्यांकअनुसार गत २३ फागुनसम्म बैंकको कुल कर्जा लगानी ५० खर्ब ८९ अर्ब रुपैयाँ रहेको थियो भने कुल निक्षेप संकलन ६१ खर्ब ७१ अर्ब रुपैयाँ रहेको थियो । यस अवधिमा वाणिज्य बैंकले मात्र ५४ खर्ब ५८ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका थिए ।