९ पुष २०८१, मंगलवार

नेपालबाट निष्कासित हुने चिनियाँ नागरिक बढे: पर्यटक भिसामा नेपालमा कति पाइन्छ बस्न?


immigiration department

नेपालले विभिन्न देशका नागरिकहरु निष्काशन गर्ने क्रम जारी नै रहेको छ । निष्काशनमा पर्ने विदेशीहरूमध्ये अधिकांश चिनियाँ नागरिक रहेका छन् ।

सन् २०२२ मा १९१ जना र सन् २०२३ मा २०९ जना चिनियाँलाई अध्यागमनसम्बन्धी नियम उल्लङ्घन गरेको भन्दै निष्कासन गरिएको बीबीसीले जनाएको छ ।

त्यस्तै विगत सात वर्षमा ३,५०० जनाभन्दा बढी विदेशी नेपालबाट निष्कासित भएका छन्।

पर्यटक भिसामा नेपालमा कति दिन बस्न पाइन्छ?

नेपालको विद्यमान कानुनले पर्यटक भिसामा प्रवेश गर्दा १५० दिन बस्ने अनुमति दिन्छ। तर उक्त समयसीमा कटाउने विदेशी नागरिकलाई अध्यागमन विभागले नेपालबाट बाहिर पठाउँछ।

अध्यागमन विभागका अनुसार नेपालबाट सन् २०२३ मा निष्कासन गरिएका ४५८ विदेशी नागरिकमध्ये २०९ चिनियाँ नागरिक छन्।

त्यसमध्ये १९० चिनियाँ नागरिक तोकिएको समयभन्दा बढी अवधि बसेको, आठ जना वैदेशिक मुद्रासम्बन्धी कसुरमा र तीन जना सङ्गठित अपराधमा संलग्न रहेको पाइएको भन्दै नेपालबाट निष्कासित भएका हुन्।