७ पुष २०८१, आईतवार

गरेन सरकारी पहलले काम: भिसामा परेन सन्दीपको नाम


क्रिकेटर सन्दीप लामिछानेको भिसा फेरी रिजेक्ट भएको छ ।

राष्ट्रिय टोलीका पूर्वकप्तान समेत रहेका क्यानका सचिव पारस खड्काले आज साँझ विज्ञप्ति सार्वजनिक गर्दै सरकारी तवरबाट आवश्यक सबै पहल हुँदा समेत अमेरिकाले भिसा नदिएको जानकारी गराए । अमेरिकी दूतावासले सन्दीपलाई भिसा दिन असमर्थता जनाएको विज्ञप्तिमा उल्लेख छ ।

‘संयुक्त राज्य अमेरिका र वेष्ट इण्डिजमा सञ्चालन हुन लागेको आइसीसी पुरुष टि–२० क्रिकेट प्रतियोगितामा सहभागिताका लागि नेपाली राष्ट्रिय क्रिकेट खेलाडी सन्दीप लामिछानेको भ्रमणको निम्ति कूटनीतिक नोटसहित नेपाल सरकार, परराष्ट्र मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद, नेपाल क्रिकेट संघ साथै आइसीसीबाट आवश्यक पहल भएको भएको अवस्था हुँदा समेत अमेरिकी दूतावासले राष्ट्रिय खेलाडी सन्दीप लामिछानेलाई विश्वकप खेल्नका लागि यात्रा अनुमति ९भिसा० दिन असमर्थता जनाएको व्यहोरा जानकारी गराउन चाहन्छौँ’, विज्ञप्तिमा भनिएको छ ।