११ पुष २०८१, बिहीबार

रास्वपा बैठकमा गर्लफ्रेन्ड काण्ड छताछुल्ल, कसले के भने ?


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) महामन्त्री डा. मुकुल ढकालले आफ्नो लिखित धारणामा गुरुआमा र गर्लफ्रेन्डको प्रसङ्ग समेटेका छन् ।

आफूले दिन नपाएको लिखत धारणको ८ नम्बरको १ र २ बुँदामा  महामन्त्री ढकालले गुरुआमा र गर्लफ्रेन्डको प्रसङ्ग उल्लेख गरेका हुन् । निर्वाचन प्रणालीमा समानुपातिकको कुरा उल्लेखे गर्दै यस्तो प्रस्तुत गरेका हुन् ।

सदस्य गणेश कार्कीले महामन्त्री ढकाललाई लक्षित गर्दै श्रीमतीका साटो गर्लफ्रेन्डलाई सांसद बनाइएको बताएका थिए ।

आफूले गुरुआमाका रुपमा मानेको व्यक्तित्वलाई सांसद बनाउँदा नातावादको आरोप लगाएको महामन्त्री ढकालको गुनासो छ ।

प्रेम सम्बन्ध र उसैलाई सांसद बनाएको विषयलाई लिएर पनि प्रश्न उठेको भन्दै महामन्त्री ढकालले व्यक्तिगत जीवनबारे केन्द्रीय समितिले निर्णय गर्दा पनि फरक नपर्ने बताएका छन् ।  ‘मैले बिहे गर्ने कि नगर्ने ? कुमार नै बस्ने कि केन्द्रीय समितिले निर्णय गरिदेओस्’ मुकुलले लेखेका छन्, ‘केन्द्रीय समितिले नै केटी खोजेर योसँग (बिहे) गर भन्छ भने पनि तयार छु वा आफ्नो इच्छामा गर भन्छ भने पनि ठिक छ ।’