७ पुष २०८१, आईतवार

जग्गा मिचेर कम्पाउण्ड बनाएकी थिइन् अख्तियारकी सदस्य सुमित्राले, ललितपुर महानगरले चलायो डोजर


ललितपुर महानगरपालिकाले अख्तियारकी आयुक्तको घरको कम्पाउन्डमा डोजर चलाएको छ।

नगर प्रहरीले महानगरपालिका–१० स्थित चाकुपाटमा रहेको डा.दिवस अमात्य र डा. सुमित्रा अमात्यको घर परिसरमा डोजर चलाएको हो।

अमात्यले सम्पदा क्षेत्र नै मिचेर संरचना निर्माण गरेपछि गुठियारहरूले भत्काउन प्रशासनलाई जानकारी गराएका थिए ।

चिरिबाबू महर्जनका अनुसार अवैध संरचना भत्काइएको हो । मेयर चिरिबाबु उनका अनुसार स्थानीयको माग अनुसार नै गुठी तथा मन्दिरको जग्गा खाली गरिएको हो।

व्यक्तिले मन्दिर र पाटी पौवाको बिचबाट गेट नै निर्माण गरेपछि स्थानीयले भत्काउन पहल गर्दै आइरहेका थिए। स्थानीय गुठियार चिरिबाबु महर्जनका अनुसार डा.सुमित्रा अमात्यले उक्त घर डेढ वर्षअघि खरिद गरेकी थिइन्।