१७ मंसिर २०८२, सोमबार

चितवनमा पहिरोले २ वटा बस बगायो, ६५ यात्रु रहेको अनुमान


चितवनको भरतपुर महानगरपालिका २९ सिमलतालमा पहिरोले दुईवटा यात्रु बस बगाएको छ। बसमा चालकसहित ६५ रहेका बताइएको छ ।

चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार आज बिहान ३ः३० बजे दुई बस त्रिशूलीमा खसेका हुन् ।

काठमाडौँबाट रौतहटको गौर जाँदै गरेको गणपति डिलक्स र वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको एञ्जल बस त्रिशूलीमा खसेका हुन् ।

बताइएअनुसार जानकारीअनुसार गौर जाँदै गरेको बसमा ४१ र काठमाडौँ जाँदै थिए।