जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले सौर्य एयरलाइन्सको जहाज दुर्घटनाप्रति समवेदना व्यक्त गरेका छन् ।
एक विज्ञप्ति जारी गर्दै उनले दुर्घटनाको बारेमा छानबीन गर्न तथा पीडितहरुलाई क्षतिपूर्ति उपलब्ध गराउनका लागि सरकारसँग मागसमेत गरेका छन् ।
बुधबार करिब ११ बजे सौर्य एयरलाइन्सको जहाज पोखरा उड्ने क्रममा रनवेबाट दुर्घटनामा परेको थियो । विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरका अनुसार त्रिभुवन विमानस्थलबाट पोखरा उड्ने क्रममा सौर्यको जहाज दुर्घटनामा परेको हो।
दुर्घटनामा परेर १८ जनाले ज्यान गुमाएका छन् भने एकको उपचारको क्रम जारी छ।