७ पुष २०८१, आईतवार

बागमती, लुम्बिनी र कर्णाली प्रदेशका प्रदेश प्रमुखको जागिर खोस्ने मन्त्रिपरिषदको निर्णय


सरकारले तीन वटा प्रदेश प्रमुखलाई फिर्ता बोलाउने निर्णय गरेको छ।

सोमवार बसेको मन्त्रिपरिषद् बैठकले बागमती, लुम्बिनी र कर्णाली प्रदेशका प्रदेश प्रमुखलाई फिर्ता बोलाउने निर्णय गरेको हो ।

बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्मा, लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचन र कर्णालीका प्रदेश प्रमुख तिलक परियारलाई फिर्ता बोलाउने निर्णय गरेको उनले जानकारी दिए।