१७ मंसिर २०८२, सोमबार

दक्षिण भारतको केरलामा भीषण वर्षा र पहिरो, कम्तीमा ५६ जनाको मृत्यु


दक्षिण भारतको केरला राज्यमा भीषण वर्षापछि पहिरो जाँदा कम्तीमा ५६ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। पहिरोमा दर्जनौँ मानिस फसेको आशङ्का गरिएको छ।

केरलाको वायनाड जिल्लाका विभिन्न स्थानमा मङ्गलवार सबेरै पहिरो गएको थियो।

प्रभावित स्थानमा खोज तथा उद्धार अभियान चलिरहेको छ। तर ठूलो वर्षा तथा एउटा महत्त्वपूर्ण पुल भत्किएका कारण उद्धारकार्य प्रभावित भएको बताइएको छ।

केरलाका मन्त्री एके शशीन्द्रनले क्षतिको विविरण आउन अझै केही समय लाग्ने बीबीसी हिन्दीलाई बताएका छन्।

उनले भने, “हामीलाई क्षतिको आकलन गर्नका लागि अझै केही घण्टा लाग्छ।”

केरलाकी स्वास्थ्यमन्त्री वीणा जर्जले स्थानीय अस्पतालहरूमा कम्तीमा ७० जना घाइतेलाई लगिएको बताएकी छन्।

अहिलेसम्म १०० जनाजतिको उद्धार भएको छ।  BBC