१७ मंसिर २०८२, सोमबार

१ वर्षमै मदिरा किन्दा बाहिरियो १ अर्ब बढी रकम, अवैधानिक रुपमा भित्रीएको मदिराको छैन लेखाजोखा


स्वदेशी मदिरालाई ब्राण्डिङ्ग गरी उपभोग गर्न खुट्टा कमाउँदा एक आर्थिक वर्षमा मात्र १ अर्ब १७ करोडभन्दा बढि रकम तयारी मदिरा पैठारीमा मुलुकबाट बाहिरिएको छ । यो तथ्याँक मुलुकको पहिलो ड्राइपोर्ट (सुख्खा बन्दरगाह) भन्सार कार्यालयको बाटो भएर मात्र बाहिरिएको हो ।

खुल्ला सीमा भएको मुलुकको अरु नाकाबाट बैधानिक र अवैधानिक तवरले अझ कति मदिरा भित्रिन्छ ? त्यसको लेखाजोखा छैन । केवल एउटा भन्सार नाका अर्थात सुख्खा बन्दरगाहको बाटो भएरमात्र गएको आर्थिक वर्ष २०८०⁄०८१ मा उक्त रकम मुलुकबाट बाहिरिएको तथ्याँकले पुष्टि गरेको छ । यो रकम अघिल्ला आर्थिक वर्ष २०७९⁄०८० को भन्दा पनि ९ करोड १९ लाख २६ हजार ९ सय १४ रुपैया ६७ पैसाले बढि हो ।

अघिल्लो आर्थिक वर्ष कुल १ अर्ब ८ करोड १५ लाख २८ हजार ८ सय ९६ रुपैया ९९ पैसा मात्र तयारी मदिरा पैठारी (आयात) गर्दा देशबाट बाहिरिएको सुख्खा बन्दरगाह भन्सार कार्यालय वीरगन्जको तथ्याँकमा उल्लेख छ ।