सरकारले तीन जिल्लाका सिडिओको सरुवा गरेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले सिन्धुपाल्चोक, सिन्धुली र अर्घाखाँचीका सिडिओको सरुवा गरेको हो ।
सिन्धुपाल्चोकका भूपेन्द्र थापालाई बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सिन्धुलीका भरत खनाललाई परराष्ट्र मन्त्रालय तथा अर्घाखाँचीका सूर्यबहादुर खत्रीलाई श्रम तथा रोजगार मन्त्रालयमा सरुवा गरेको छ ।
रिक्त रहेका जिल्लामा नयाँ सिडिओ खटाउने तयारी भइरहेको छ ।