११ पुष २०८१, बिहीबार

आइतबार ठुलै अंकले घट्यो नेप्से, कुन समूहको कति घट्यो? (विवरणसहित)


शेयर बजार मापन परिसूचक नेप्से केही दिनदेखि लगातार गिरावट भएको छ ।

हप्ताको पहिलो कारोबार दिन (आइतबार) पनि सेयर बजार परिसूचक (नेप्से)मा उच्च अंकको गिरावट आएको छ । आइतबार ५३.६३ अंकले घट्दै नेप्से २६९५.९३ को बिन्दुमा ओर्लिएको छ । आइतबार समग्रकमा नेप्से १.९५ प्रतिशतले घटेको छ ।

उच्च अंकले घटेको नेप्सेमा कारोबार रकम पनि उच्च अंकले नै घटेको छ । अघिल्लो कारोबार दिनभन्दा झण्डै २ अर्ब कम अर्थात् १० अर्ब ५१ करोडमा कारोबार सीमित भयो । राताम्मे बनेको नेप्सेमा सामूहिक लगानीबाहेकका सबै समूहका परिसूचक घटेको छ  ।

बैंकिङ २.३४, विकास बैंक १.८५, फाइनान्स ३.४४, होटल तथा पर्यटन २.९८, हाइड्रोपावर २.४०, लगानी १.३३, जीवन बीमा १.४४, उत्पादन तथा प्रशोधन १.८०, माइक्रोफाइनान्स १.८८, निर्जीवन बीमा १.२३, अन्य १.०४ र व्यापार समूह ०.१९ प्रतिशत घटे ।