५ बैशाख २०८२, बिहीबार

यो पटकको दशैं तिहारमा राष्ट्र बैंकले नयाँ नोट नदिने, सुकिला नोट प्रयोग गरिने


काठमाडौँ । राष्ट्र बैंकले यस पटकको दशैं तिहारको लागि नयाँ नोट सटही नगर्ने भएको छ।

सुकिला नोटलाई नै प्रयोगमा ल्याउनेगरि छलफल अघि बढेकाले यस पटकको दशैं तिहारमा त्यस्तै नोट प्रयोग गर्ने बैंकले जनाएको छ ।

बैंकहरुमा रहेको नोट मध्ये ‘सर्टिंग’ गर्दा सेतो चिन्हको ‘ट्याग’ मा रहेका नोटलाई सुकिला नोटको रुपमा प्रयोग गरिने भएकाले दशैं तिहार लक्षित नयाँ नोट नछापिने भएको हो।

नयाँ नोट छाप्दाको आर्थिक भार कम गर्नुपर्ने तथा डिजिटल कारोबारलाई बढावा दिनुपर्ने भएकाले यस्तो निर्णय लिइएको हो।

नयाँ नोट बनाउँदा नोट व्यवस्थापन र छपाईका साथै ओसारपसार लगायतका १ अर्ब बढी खर्च हुने तथ्यांकले देखाएको छ ।