काठमाडौँ । ब्रोकरहरुको नयाँ टीएसम यो वर्षको दशैं अघिसम्म नआउने भएको छ ।
ब्रोकरहरुबीच नै विवाद उत्पन्न हुँदा नयाँ टीएमएस आउन ढिला हुने भएको हो ।
विवादका बीच पनि स्टक ब्रोकर नम्बर ३६ मा परीक्षणमा रहेको भनिएको नयाँ टीएमएको पनि नआउने भएको हो ।
हालको टीएमएसबाट धोका पाए पछि ब्रोकरहरुले २०७७ साल माघ महिनामा नयाँ टीएमएसको लागि धितोपत्र बोर्डबाट एपीआई पोलिसी पाएका थिए ।
त्यसपछि ३३ वटा ब्रोकरबाट प्रति ब्रोकर ११ लाखका दरले पैसा उठाइएको पनि थियो । केहि ब्रोकरले त वाइको कम्पनीले नै नयाँ टिएमएस ल्याउन नदिईरहेको आरोप समेत लगाएका छन् ।
ब्रोकरहरुले खोज्न थाले नयाँ विकल्प खोज्न थालेको बताइएको छ ।