१० पुष २०८१, बुधबार

दुर्गा प्रसाईंलाई रिहा गर्न माग गर्दै सर्वाेच्चमा रिट


मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई रिहा गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन पुगेकाे छ । प्रसाईंका कानुन व्यवसायी बन्दिप्रत्यक्षीकरणको निवेदन बोकेर सर्वोच्च अदालत पुगेका हुन् ।

प्रसाईंले आफू क्यान्सरबाट पीडित भएको भन्दै मेडिकल रिपोर्ट पनि निवेदनसँगै बुझाएका छन् ।

विद्युतीय माध्यमबाट आफ्नो चरित्र हत्या गरेको भन्दै साइबर ब्यूरोमा एक महिलाले दिएको उजुरीका आधारमा प्रसाईंलाई आइतबार प्रहरीले पक्राउ गरेकाे थियाे । प्रहरीको साइबर ब्यूरोले प्रसाईंलाई भक्तपुरस्थित उनकै निवासबाट पक्राउ गरिएकाे थियो ।