१० पुष २०८१, बुधबार

को हुन् सर्वोच्च अदालतमा सिफारिस भएका दुई न्यायाधीश


न्याय परिषद्ले सर्वोच्च अदालतमा न्यायाधीश सिफारिस गरेको छ । आज बसेको बैठकले न्यायाधीश सिफारिस गर्ने निर्णय गरेको हो ।

परिषद्ले बैठक सुर भएसँगै नेपाल बार एसोसिएसनले परिषद् परिसरमा धर्ना बसेर विरोध गरेका थियो । आफूहरूको माग सम्बोधनबिना सिफारिस गरिएको भन्दै नेपाल बार विरोध गरेको हो ।

बारले यसअघि गठन भएको कार्यदलको प्रतिवेदन कार्यान्वयन गरी न्यायाधीश नियुक्ति प्रक्रिया सुरु गर्न माग गर्दै आएको थियो । हाल सर्वोच्चमा चार जना न्यायाधीश रिक्त छ । आगामी दिनमा थप दुई पद रिक्त हुँदैछ ।