७ पुष २०८१, आईतवार

सिटिजन्स बैंकका ग्राहकले होटल ली हिमालयमा आकर्षक छुट पाउने


सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड र काठमाण्डौ लाजिम्पाटस्थित होटल ली हिमालयबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

सो समझदारीपत्रमा हस्ताक्षरपश्चात् सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकहरूले होटल ली हिमालयमा १५ प्रतिशतसम्मको आकर्षक छुट पाउने छन् ।

यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ ।