सोमबार नेपाली बजारमा सुनको भाउ ह्वात्तै घटेको छ ।
बजारमा सुनको भाउ प्रतितोला १ लाख ५१ हजार ३ सय रुपैयाँ तोकिएको छ । आइतबार भने नेपाली बजारमा प्रतितोला १ लाख ६७ हजार २ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले कात्तिक १५ मा प्रतितोला भाउ १ लाख ७१ हजार रुपैयाँ निर्धारण गरेको थियो । यो मूल्य अहिलेसम्मकै उच्च थियो ।
सरकारले सुन आयातको भन्सार दर ५० प्रतिशतले घटाएपछि सोमबार सुनको भाउ तोलामै १५ हजार रुपैयाँभन्दा बढीले घटेको हो ।
सरकारले सुन आयातको भन्सार दर ५० प्रतिशतले घटाएको छ । गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले भन्सार दर २० बाट १० प्रतिशत कायम गर्ने निर्णय गरेको थियो ।