काठमाडौँ । मंगलबार पनि सुनको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा छापावाल सुन तोलामा २६०० रुपैयाँ घटेको हो ।
यससँगै मंगलबार सुनको मूल्य तोलामा १ लाख ४८ हजार ७०० रुपैयाँ कायम भएको छ ।
सुनको मूल्य हिजो एकैपटक झन्डै १६ हजारले घटेको थियो ।
व्यवसायीहरुले सुनको मूल्य अझै घट्ने बताएका छन् ।