परराष्ट्रमन्त्री आरजु राणा देउवा चिनियाँ विदेशमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा आज भ्रमणमा जाने भएकी छन् । मन्त्री राणाले मङ्सिर आजदेखि १५ गतेसम्म चीनको भ्रमण गर्न लागेकी हुन् ।
परराष्ट्रमन्त्री राणा आज दिउँसो साढे १२ बजे चीनतर्फ जाने कार्यक्रम रहेको छ । उहाँ शनिबार फर्कनु हुनेछ । आगामी मंसिर १७ गते प्रधानमन्त्री केपी शर्मा ओली ४० सदस्यीय टोलीको नेतृत्व गर्दै चीन भ्रमणमा जाँदै हुनु हुन्छ ।
राणाले मङ्सिर १४ गते आफ्ना चिनियाँ समकक्षीसँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री ओलीले मङ्सिर १७ गतेदेखि चीनको भ्रमण गर्दै छन् ।