७ पुष २०८१, आईतवार

ओली चीन उडेपछि प्रकाशमान सिंह बने कार्यवाहक प्रधानमन्त्री


कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान श्रेष्ठलाई दिइएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीसहितको टोली चीन प्रस्थान गरेपछि कार्यवाहकको जिम्मेवारी सिंहलाई दिइएको हो।

सोमबार राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी श्रेष्ठलाई दिइएको जनाएको हो। प्रधानमन्त्रीको अनुपस्थितिमा कार्यवाहक जिम्मेवारी दिइने संवैधानिक व्‍यवस्था छ।

प्रधानमन्त्री ओलीले मङ्सिर २० गतेसम्म चीनको औपचारिक भ्रमण गर्न लागेका हुन्।