काठमाडौँ। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उपनिर्वाचनको परिणामपछि माओवादी २०६४ सालमै फर्किएको बताएका छन् ।
मोरङको ग्रामथान गाउँपालिका अध्यक्ष जितेपछि पार्टीका नेता अमनलाल मोदीलाई टेलिफोन गर्दै अध्यक्ष प्रचण्डले माओवादी अब २०६४ सालको अवस्थामा फर्किएको बताएका हुन् ।
उनले मोदीलाई फोन गरेर ‘तपाईंलाई बधाई छ । ग्रामथानमा विजय सुनिश्चित गर्नुभयो,’ मोदीका अनुसार प्रचण्डले फोनमा भनेका थिए, ‘माओवादी अब २०६४ सालमा फर्किएको छ । हाम्रा दिन शुरू भए ।’
२०६४ सालको पहिलो संविधान सभा चुनावमा माओवादीले एक्लैले प्रत्यक्षतर्फ १ सय २० सिट जितेको थियो