२८ भाद्र २०८२, शुक्रबार

बलेफी हाईड्रोपावरले मंसिर २७ गतेदेखि हकप्रद जारी गर्ने


बलेफी हाईड्रोपावर लिमिटेडले आगामी मंसिर २७ गतेबाट हकप्रद सेयर निष्कासन गर्ने भएको छ।

कम्पनीले चुक्तापूँजी १ अर्ब ८२ करोड ७९ लाख ७० हजार रुपैयाँबराबरको १ः१ अनुपातमा रु.१०० अंकित दरका १ करोड ८२ लाख ७९ हजार ७ सय कित्ता हकप्रद निष्कासन गर्न लागेको बताइएको छ ।

हकप्रद सेयर निष्काशन प्रयोजनका लागि कम्पनीले गत कात्तिक २१ गते बुक क्लोज गरेको थियो।

कात्तिक २० गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले मात्रै यो हकप्रद खरिदका लागि आवेदन दिन सक्नेछन्।

ताजा समाचार