७ पुष २०८१, आईतवार

स्टान्डर्ड चार्टर्ड बैंकको सीईओमा नियुक्त हुने पहिलो नेपाली बने गोरख राणा


स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिईओ) पहिलो पटक नेपाली नागरिक नियुक्त भएका छन् ।

मंसिर २४ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले गोरख शम्शेर जबरालाई सिईओ नियुक्त गरेको हो । सन् १९६९ मा बेलायतमा स्थापना भएको यो बैंकको सिईओमा अहिलेसम्म कुनै नेपाली नागरिकले अवसर पाएका थिएनन् ।

गोरख शम्शेर जंबराको कार्यकाल जनावरी १, २०२५ (पुस १७ गते)देखि सुरु हुनेछ। उनी ४ वर्षका लागि सो पदमा नियुक्त भएका हुन्।

अनिर्वन घोष दस्तिदारको कार्यकाल सकिएसँगै राणा सिईओ बनेका हुन् । ३० वर्षको बैंकिङ अनुभव संगालेका राणासँग स्टान्डर्डमा हुँदा कर्पोरेट एन्ड इन्भेस्टमेन्ट, रिटेल बैंकिङ बिजनेस विभागमा रहेर काम गरेको अनुभव छ ।

उनले इलिनोइस विश्वविद्यालयबाट एमबीए अध्ययन गरेका छन् । गोरख, स्वर्गीय अधिराजकुमारी श्रुती शाहका श्रीमान् पनि हुन् ।