७ पुष २०८१, आईतवार

नबिल बैंकले शुरू गर्यो टोल–फ्री सेवा, बिनाशुल्क सम्पर्क गर्न सकिने


काठमाडौँ । नबिल बैंकले ग्राहकलाई थप सहज र निःशुल्क बैंकिङ सेवा प्रदान गर्न टोल–फ्री नम्बर सेवा शुरू गरेको छ।

अब ग्राहकहरूले नेपाल टेलिकम र एनसेलको नेटवर्क प्रयोग गरी बिना कुनै शुल्क बैंकको कल सेन्टरमा सम्पर्क गर्न सक्ने भएका छन्।

यस सेवामार्फत खाता विवरण, लेनदेन सम्बन्धी जानकारी, प्राविधिक सहायता तथा बैंकिङ सेवासँग सम्बन्धित समस्याहरूको समाधानमा पहुँच सजिलो हुने बैंकले बताएको छ।

नेपाल टेलिकम प्रयोगकर्ताले १६६००–१६२२४५ र एनसेल प्रयोगकर्ताले १८१०२–१६२२४५ नम्बरमा बिना कुनै शुल्क कल गर्न सक्ने बैंकले जनाएको छ। बैंकका अनुसार यो सेवा २४ घण्टा, सातै दिन सञ्चालनमा रहने छ र जसमा दक्ष प्रतिनिधिहरूले ग्राहकका समस्याहरू शीघ्र समाधान गर्नेछन्।

नबिल बैंकले ४० वर्षदेखि ग्राहक–केन्द्रित वित्तीय सेवा दिँदै आएको छ। हाल देशभर २६८ शाखा र ३२० एटिएममार्फत २४ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ ।