काठमाडौँ । महुली लघुवित्त वित्तीय संस्थाको एफपिओ बाँडफाँटको शुक्रबार बाँडफाँट हुने भएको छ ।
लक्ष्मी सनराइज क्यापिटलले पुष १९ गते एफपिओ बाँडफाँटको तयारी गरेको हो ।
सिडिएसका अनुसार कम्पनीको एफपीओमा अन्तिम दिनसम्म २ अर्ब ४८ करोड ८५ लाख ८४ हजार रुपैयाँ बराबरको आवेदन परेको छ ।
एफपिओमा १७ लाख ८५ हजार ८५३ जनाले २ करोड ४८ लाख ८५ हजार ८४० कित्ताका लागि आवेदन दिएका हुन् । यो आवेदन मागभन्दा ५२.३४ गुणा बढी हो । कम्पनीले ४ लाख ७५ हजार ४४९ कित्ता एफपीओ जारी गरेको थियो । ४७ हजार ५४४ ले मात्र १०।१० कित्ता दरले शेयर प्राप्त गर्नेछन् ।