काठमाडौं । साताकाे चाैथाे काराेबार दिन (बुधबार) सुनको मूल्य बढेको छ।
मंगलबार प्रतितोला १ हजार रूपैयाँले घटेको सुनको मूल्य बुधबार भने प्रतितोला १ हजार ४ सय रूपैयाँले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मूल्य बढेसँगै सुनकाे मूल्य प्रतितोला १ लाख ५१ हजार रूपैयाँ पुगेकाे छ ।
यसअघि साेमबारकाे तुलनामा १ हजार रूपैयाँले घट्दै मंगलबार सुन प्रतितोला १ लाख ४९ हजार ६ सय रूपैयाँमा कारोबार भएको थियो।