२३ पुष २०८१, मंगलवार

रवि लामिछानेले कसलाई किन पठाएका थिए रेमिट्यान्स मार्फत ७५ लाख विदेश ?


काठमाडौँ । स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडबाट अपचलन गरेको रकम रवि लामिछानेको नामबाट विदेश पठाएको भेटिएको छ ।

७५ लाख १० हजार २ सय रुपैयाँ रेमिटमार्फत विदेश पठाएको काठमाडौँ जिल्ला अदालतमा दायर गरेको अभियोगपत्रमा उल्लेख भएअनुसार देखिएको छ ।

प्रहरीका अनुसार उक्त रकम सन् १०२१ र २२ मा नेपालबाट बाहिर गएको हो ।

बयानमा रास्वपा सभापति रवि लामिछानेले ‘एलएओ एसिया प्यासिफिक स्याटेलाइट कम्पनी’ लाई भुक्तानीका लागि पठाएको बताएका छन् ।